विश्व बैंकले स्वीकृत गर्यो ५४ अर्ब २८ करोड, नागढुंगा-मुग्लिन र कमला-पथलैया सडक विस्तारमा खर्च हुने

Advertisement

काठमाडौं । विश्व बैंकले नेपालका लागि करिब ५५ अर्ब २८ करोड रुपैयाँ सहयोग स्वीकृत गरेको छ ।
विश्व बैंकले नेपालका सडक सञ्जाल सुधार, अन्तरदेशिया व्यापार र कोरोनासँग जुध्नका लागि ४५० मिलियन अमेरिकी डलर सहयोग स्वीकृत गरेको हो ।

विश्व बैंकले कोभिड १९ पछिको आर्थिक पुनरुत्थान, क्रस बोर्डर ब्यापार, रोजगारी सृजना, महिला शसक्तिकरण र सडक सुरक्षाका लागि खर्च गर्न यो आर्थिक सहयोग गरेको जनाएको छ । ‘कोभिड १९ को सन्दर्भमा नागरिकको जीवन रक्षा र आर्थिक पुनरुत्थानको आवश्यकता बराबर प्रथामिकतामा हुनुपर्छ’, विश्व बैंक कन्ट्री मेनेजर फारिस हदाद जर्भेसले भनेका छन् । उनले नेपाललाई कोरोनासँग लड्न, सुरक्षित सडकमा चाँडो र सुरक्षित यात्रा तथा समान ढुवानीको व्यवस्थाका लागि सहयोग गरिएको पनि बताए ।

नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार प्रवर्धन परियोजनाले नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केबर–पथलैया सडकको स्तरोन्नतिमा केन्द्रित गर्नेछ । यी दुबै सडक नेपाल–भारत व्यापार र कनेक्टीभीटीका लागि महत्वपूर्ण मानिन्छन् । परियोजनाले सिमा नाकामा पूर्वाधार तथा सरसफाईका साथै कृषि उपजको अभिवृद्धि र निर्यातमा पनि सघाउनेछ ।

Advertisement

Advertisement

Advertisement