सुनको मूल्य स्थिर, चाँदीको प्रतितोला १५ रुपियाँ घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । लगातार बढीरहेको सुनको मूल्य आज स्थिर रहेको छ भने चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय, तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजोपनि छापावाल सुन  प्रतितोला ८९ हजार ६ सय र तेजाबी सुन ८९ हजार १ सय ६५ रुपियाँमा नै किनबेच भएको थियो भने चाँदी प्रतितोला ९ सय ५० रुपियाँमा किनबेच भएको थियो । यसरी हेर्दा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला १५ रुपियाँ घटेको छ ।

Advertisement

Advertisement

Advertisement