एसइई सधैका लागि खारेज गर्न निर्देशन, सरकारी विद्यालयको सबै दायित्व सरकारकै

Advertisement

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परिक्षा(एसइई) सधैँका लागि खारेज गर्न निर्देशन दिएको छ ।  शुक्रबार बसेको समितिको बैठकले एसइई परिक्षा सधैँका लागि खारेज गर्न निर्देशन दिएको हो ।

‘संविधान र कानूनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकोले यस वर्षको लागि स्थगित भएको एसइई परिक्षालाई सधैँको लागि हटाएर कक्षा १०, कक्षा ११ का परिक्षाहरु स्थानीय तहबाट संचालन गरि कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको परिक्षा हुने गरी आवश्यक कानूनी व्यवस्था गर्ने ।’, समितिले निर्देशनमा भनेको छ । समितिले यसपालीको एसइई परिक्षा स्थगित गर्ने निर्णय पनि उपयुक्त भएको बताएको छ ।

समितिले सार्वजनिक शिक्षाको सम्बन्धमा राज्यको जिम्मेवारी हो भन्ने कुरा संविधान र कानूनहरुले नै प्रष्ट बनाएकाले सामुदायिक विद्यालयको लागि स्रोत साधन उपलब्ध गराउने, गुणस्तर वृद्धि गर्ने, भौतिक पूर्वाधारको सुनिश्चित गर्ने लगायत सम्पूर्ण दायित्व सरकारको नै भएको स्पष्ट पार्दै सामुदायिक माध्यमिक विद्यालयको पूर्ण जिम्मा सरकारले लिनु पर्ने निर्देशन दिएको छ ।

Advertisement

Advertisement

Advertisement