‘हायर मी नेपाल’ले पचास हजारलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने

Advertisement

काठमाडौँ । नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेस प्रालिले ‘हायर मी नेपाल’ परियोजना संचालन गर्ने भएको छ ।

रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परीक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनु पर्ने वाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान र सरकारको श्रम सूचना बैंकलाई सघाउने उद्देश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको कम्पनीका अध्यक्ष रमेशकुमार भट्टराईले जनाएका छन् ।

देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साइट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ । साउनको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखी पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको अध्यक्ष भट्टराईले बताए ।

परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली साउनदेखि प्रचार प्रसारको कार्यक्रम गरी बढी भन्दा बढी जनशक्तीलाई समावेश गरिनेछ । रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमति भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement