तीन दिनदेखि सुनको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । सुनको मूल्य ३ दिनदेखि स्थिर रहेको छ । विहीबार, शुक्रबार र आज पनि सुन उत्तिकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय, तेजाबी सुनको मूल्य ८९ हजार १ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ३५ रुपियाँ निर्धारण गरिएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय, तेजाबी सुन ८९ हजार १ सय ६५ र चाँदी प्रतितोला ९ सय ३५ रुपियाँमा कारोबार भएको थियो । विहीबारपनि छापावाल सुन प्रतितोला ८९ हजार ६ सय र तेजाबी सुन ८९ हजार १ सय ६५ रुपियाँमा नै किनबेच भएको थियो भने चाँदी प्रतितोला ९ सय ५० रुपियाँमा किनबेच भएको थियो । यसरी हेर्दा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य विहीबारको तुलनामा प्रतितोला १५ रुपियाँ घटेको छ ।

Advertisement

Advertisement

Advertisement