‘दुई सय फर्मले नक्कली भ्याट बिल प्रयोग गरी १२ अर्बको कारोबार गरेको अनुसन्धानबाट देखिएको छ’

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले करिव दुई सय फर्मले नक्कली भ्याट बिल प्रयोग गरी १२ अर्बको कारोबार गरेको अनुसन्धानबाट देखिएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले त्यसमध्ये केहीविरुद्दा दायर गरिसकेको र बाँकीविरुद्ध पनि मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका छन् । मैनालीले कर प्रणालीलाई व्यस्थित गर्ने क्रममा लागू गरिएको नयाँ प्रणालीले विगत हुने कर छलीलाई नियन्त्रण गर्न सहज भएको भन्दै विगतमा कागजको भ्याज बिलको भरमा कारोबार हुँदा कर छल्न सजिलो भए पनि अब भने सहज नरहेको बताए ।

Advertisement

महानिर्देशक मैनालीले भीसीटीएस प्रणाली आवद्ध हुने व्यवस्थाले त्यो खालको अवस्था बनाएको बताए । उनले नयाँ सिस्टमपछि सही कारोबार गर्ने व्यवसायीहरु खुशी भए पनि कर छल्नेहरु भने दुःखी रहेको बताए ।
भिडियोः

Advertisement

Advertisement