४२५ जना थपिए कोरोना संक्रमित, संख्या पुग्यो ५ हजार ७ सय ६० जना

Advertisement

काठमाडौं । आइतबार एकै दिन ४२५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आइतबार एकै दिन ४ सय २५ जना नयाँ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो । यो सँगै कोरोना संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० जना पुगेको छ ।

कोरोना कारण थप एक जनाको मृत्यु भएको छ । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएका गुल्मीका ३६ वर्षिय पुरुषको उपचारका क्रममा जेठ ३१ गते निधन भएको हो । भारतबाट नेपाल आएका मृतकलाई क्यान्सर रोग रहेको थियो । यससँगै कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement