फेरि बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । तीनदिनदेखि स्थिर रहेको सुनको मूल्य आज फेरि बढेको छ । विहीबार, शुक्रबार र आइतबार उत्तिकै मूल्यमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ सय रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य ८९ हजार २ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपियाँ निर्धारण गरिएको छ ।

विहीबार, शुक्रबार र आइतबार भने उत्तिकै मूल्य छापावाल सुन प्रतितोला ८९ हजार ६ सय, तेजाबी सुन ८९ हजार १ सय ६५ र चाँदी प्रतितोला ९ सय ३५ रुपियाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने आज प्रतितोला १० रुपियाँ घटेको छ ।

Advertisement

Advertisement

Advertisement