प्रदेश ५ को बजेट ३६ अर्ब ३५ करोड, कोरोना रोक्न एक अर्ब, भौतिक पूर्वाधारतर्फ १५ अर्ब

Advertisement

रूपन्देही । प्रदेश ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक ममिला तथा योजना मन्त्रालयसमेत सम्हाल्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।

चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपियाँ रहेको बजेट कोरोना महामारी नियन्त्रण र भौतिक पूर्वाधार विकासमा केन्द्रीत देखिन्छ । भौतिक पूर्वाधार विकासका लागि भन्दै १५ अर्ब रुपियाँ बजेट विनियोजन गरेको प्रदेश ५ ले सामाजिक विकासका लागि पाँच अर्ब ६७ करोड र कोरोना नियन्त्रण तथा भैपरी खर्चका लागि एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ ।

त्यसबाहेक बेरोजगारहरुलाई रोजगारी, खाद्य संकट व्यवस्थापन, उत्पादनमुखी कार्यक्रम सञ्चालनका लागि भनेर चार अर्ब ८६ करोड विनियोजन गरिएको छ । उद्योग, पर्यटन वन तथा वातावरण क्षेत्रका लागि दुई अर्ब तीन करोड रुपियाँ विनियोजन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement