विषम परिस्थितिमा पनि प्रदेशहरुले साँसदहरुको तजबिजीमा खर्चका लागि बजेट छुट्टाए

Advertisement

काठमाडौँ । सोमबार सार्वजनिक गरिएको प्रदेश सरकारहरूको बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा उल्लेख्य रकम छुट्याइएको छ । सुदूरपश्चिम प्रदेशबाहेक सबैले कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि छुट्टै कोष बनाई बजेट विनियोजन गरेका छन् ।

प्रदेश सरकारको बजेट वक्तव्यअनुसार नयाँ योजनालाई थाती राखी संक्रमणसँग सम्बन्धित कार्यक्रमले प्राथमिकता पाएका हुन् । चारवटा प्रदेशले चालु आर्थिक वर्षको भन्दा कम आकारको बजेट सार्वजनिक गरेका छन् भने अन्यले अंक बढाएका छन् । सातै प्रदेशको कुल बजेट अंक भने चालु आर्थिक वर्षको भन्दा बढी छ । अर्थात् यस वर्षका लागि सातवटै प्रदेशहरूको बजेटको कुल रकम २ खर्ब ५९ अर्ब ६० करोड ९ लाख ९ हजार रुपियाँ छ । यसमा १.७७ प्रतिशत अर्थात् ४ अर्ब ६० करोड ४९ लाख ३२ हजार रुपियाँले बढेको छ । आगामी वर्ष सबै प्रदेशले ल्याएको बजेट २ खर्ब ६४ अर्ब २० करोड ५८ लाख ४१ हजार रुपियाँ हो ।

संघीय सरकारले यसपटक चालु आर्थिक वर्षको भन्दा आगामी वर्षका लागि ४ प्रतिशतले बजेटको आकार घटाएको छ । संघीय सरकारलाई अनुसरण गरी प्रदेश १, २, ५ र कर्णालीले मात्रै बजेट घटाएका छन् ।

प्रदेश सरकारले प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक दुवै सांसदलाई छुट्टाछुट्टै बजेट कार्यक्रम अघि सारेको छ । प्रत्यक्ष निर्वाचित सांसदका नाममा २ करोड र समानुपातिकलाई १ करोडका दरले बजेट विनियोजन गरिएको हो । बजेटको आकार भने घटाइएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement