सुनचाँदीको मूल्य फेरि बढ्यो, आज प्रतितोला कतिमा कारोबार भइरहेको छ ?

Advertisement

काठमाडौँ । आज सुनचाँदीको मूल्य फेरि बढेको छ । सोमबार र मंगलबार उत्तिकै मूल्यमा किनबेच भएको सुन आज प्रतितोला १ सय रुपियाँ बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपियाँ, तेजाबी सुन ८९ हजार ३ सय ६५ र चाँदी प्रतितोला ९ सय ३० रुपियाँमा कारोबार भइरहेको छ ।

सोमबार र मंगलबार भने उत्तिकै मूल्य छापावाल सुन प्रतितोला ८९ हजार ७ सय रुपियाँ, तेजाबी सुन ८९ हजार २ सय ६५ र चाँदी प्रतितोला ९ सय २५ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement