धितोपत्र बोर्डको माग:  सेयर धितोमा ७५ प्रतिशत ऋण र १० प्रतिशत घटेपछि मात्रै मार्जिन कल

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर धितोमा ७५ प्रतिशतसम्म ऋण पाउने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै बोर्डले त्यस्तो माग गरेको हो । बोर्डले सेयरको मूल्य १० प्रतिशत भन्दा बढीले गिरावट आएपछि मात्रै मार्जिन कल गर्ने व्यवस्था गरिदिन पनि आग्रह गरेको छ ।

यस्ता छन् बोर्डका सुझाव
१) बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने कर्जामा शेयरको मूल्यांकनको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्ने र मार्जिन कलको हकमा बैंक तथा वित्तीय संस्था स्वयंले मूल्य अनुगमन गर्ने व्यवस्था रहेकोमा शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्यांकनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।

२) शेयर धितोमा गएको कर्जामा हालको महामारी तथा विषम परिस्थितिको अवस्थालाई दृष्टिगत गरी व्याज तिर्नुपर्ने समय २०७७ आश्विन मसान्तसम्म बढाईदिने र मार्जिनको सीमा भित्रै रहेका ऋणहरु बक्यौता रकममा नै नविकरण गरिदिने व्यवस्था गर्न उपयुक्त हुने ।

३) विद्युतीय माध्यमबाट लगानीकर्ता र धितोपत्र दलालबीच रकम पठाउँदा र प्राप्त गर्दा रकमान्तर हुने रकमको सीमा नरहने व्यवस्था गर्न उपयुक्त हुने ।

४) बैंक तथा वित्तीय संस्थाहरुले धितोपत्र दलाल व्यवसायीलाई मार्जिन कारोबारका लागि प्रवाह गर्ने ऋणको व्याजदर बैंक स्वयंले प्रत्यक्ष शेयर धितोमा प्रवाह गर्ने कर्जाको व्याजदर भन्दा कम हुने व्यवस्था गर्न उपयुक्त हुने ।

Advertisement

Advertisement

Advertisement