चैतसम्मको कर तिर्ने बैंकर्सको निर्णय, कति उठ्छ राजश्व ?

काठमाडौं । नेपाल बैंकर्स संघले चैत मसान्त अवधीसम्म्को कर तिर्ने निर्णय गरेको छ । बिहिबार बसेको बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठकले चैत मसान्तसम्मको कर तिर्ने समझदारी गरेको हो । सरकारलाई दैनिक खर्च धान्न समेत अप्ठेरो परेकाले चैत मसान्त अवधीसम्मको कर तिर्ने समझदारी गरेको कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए ।२७ वटा बाणिज्य बैंकहरुले बार्षिक रुपमा करिब २० अर्ब रुपैयाँ आयकर तिर्ने गरेका छन् । त्यसमा ब्याज आम्दानीमा पनि ५ प्रतिशत कर र कर्मचारीहरुको टिडिएस समेत तिर्ने गरेका छन् ।बणिज्य बैंकहरुले चैत मसान्तसम्मको आयकर वापत करिब ५ अर्ब रुपैयाँ भन्दा बढी रकम सरकारलाई बुझाउनेछन् ।