पुँजीबजारको विस्तार गर्ने हो ? त्यसो भए हामीलाई पनि धितोपत्र ब्रोकर लाइसेन्स देउः बैंकहरु

Advertisement

काठमाडौं । बाणिज्य बैंकहरुले धितोपत्र धितोपत्र ब्रोकर लाइसेन्स आफूहरुलाई पनि दिन नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् । आउँदो आर्थिक बर्षका लागि राष्ट्र बैंकले जारी गर्न लागेको मौद्रिक नीतिका लागि शुक्रबार सुझाव दिँदै नेपाल बैंकर्स एशोसियशनले ब्रोकर लाइसेन्सको माग गरेको हो ।

कतिपय देशहरुमा बैंकहरुले धितोपत्र ब्रोकरको काम गर्दै आएको र राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार धितोपत्र ब्रोकरको काम गर्न केही बैंकले सहायक कम्पनीसमेत खडा गरिसकेको अवस्थामा यस्तो लाइसेन्स दिन एशोसियशनले आग्रह गरेको छ ।

स्टक ब्रोकरहरुले भने बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कुराप्रति असन्तुष्टि जनाउँदै आएका छन् । थप छलफल गर्नुपर्ने भन्दै अर्थ समितिले बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिन निर्देशन दिएपछि यो अन्योलमा रहेको छ । बैंकहरुले भने आफ्ना सहायक कम्पनीले बैंकको शाखामार्फत देशका कुना कुनामा समेत पुँजीबजारलाई विस्तार गर्न सक्ने भएकाले लाइसेन्स रोक्न नहुने तर्क अघि सारेको छ । ब्रोकर लाईसेन्स दिएमा त्यसले वित्त बजारलाई नै सहयोग पुग्ने एशोसियशनको भनाई छ । ब्रोकर लाइसेन्स दिने राष्ट्र बैंक नभई नेपाल धितोपत्र बोर्ड भए पनि राष्ट्र बैंकले सहजिकरण गरिदियोस् भन्ने एशोसियशनको आग्रह छ ।

Advertisement

Advertisement

Advertisement