न्यू कटुवाल ग्रील उद्योगले बजारमा ल्यायो खुट्टाले चलाएर स्यानिटाइज गर्ने फलामबाट निर्मित उपकरण

Advertisement

काठमाडौँ । न्यु कटुवाल ग्रील उद्योगले कम मूल्यमा गुणस्तरीय एवम् लामो समयसम्म टिकाउ हुने खुट्टाले चलाएर स्यानिटाइज गर्ने फलामबाट निर्मित उपकरण बजारमा ल्याएको छ ।

उक्त उद्योगले देश अहिले कठिन अवस्थामा गुज्रिरहेको अवस्थामा कोरोनाको संक्रमणबाट बच्ने उपाए मध्येको एक हातले नछोइकन स्यानिटाइज गर्न मिल्ने उपकरण भ्याट बाहेक रु. १५५०/– मा र साबुन पानीले हात धुन मिल्ने वाटर टेन्की स्टील सिन्क अन्य सुबिधा सहितको सामाग्री रु. २२,०००/– मा निर्माण गरी उपभोक्ताहरुलाइ उपलब्ध गराउन थालेको हो ।

उद्योगले कलकारखाना सपिङमल , होटल ,रेस्टुरेन्टमा पार्टी प्यालेस , स्कुल कलेज , सरकारी कार्यालय सार्वजनिक स्थल लगायतका स्थानमा उपलब्ध गराउँदै आएको छ । उद्योगका सञ्चालक मोहन कटुवालका अनुसार सधै लकडाउनमा बसेर सिङ्गो मुलुकलार्इ आर्थिक संकटमा पार्नु भन्दा सबैले आफ्नो आफ्नो स्थानबाट कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु अपनाएर आफ्नो आफ्नो काममा लाग्नु पर्ने भएकोले सुरक्षाको उपकरणको प्रयोगले केही हदसम्म सुरक्षित रहन मद्धत पुग्ने बताए ।

महाभुकम्प पिडितहरुलाई लागत मूल्यमा ६०० परिवारलार्इ भुइघर तयार गरी सेवा प्रदान गरेको न्यु कटुवाल ग्रील उद्योगका प्रमुख मोहन कटुवाल ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत हुन् ।

Advertisement

Advertisement

Advertisement