उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित, ३ जिल्लामा संक्रमितको कूल संख्या ६२

Advertisement

काठमाडौँ । काठमाडौं उपत्यकामा आज ८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका ३३१ जना संक्रमित मध्ये भक्तपुरका ७ जना र काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

हिजो पनि काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला केशहरु सहित काठमाडौंमा ४१ जना र भक्तपुरमा १६ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामा भने ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement