तलव खुवाउन पाइएन, शुल्क बुझाउन आउः निजी विद्यालयहरु

Advertisement

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले संगठनले लकडाउन अवधिको शुल्क बुझाउन आउन अभिभावकहरुलाई आग्रह गरेका छन् । सरकारले लकडाउन अवधिको कुनै पनि शुल्क नदिन र नमाग्न निर्देशन दिएको बेलामा निजी विद्यालय सञ्चालकहरुको संगठनले शुल्क बुझाउन आउन आग्रह गरेका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै शुल्क तिर्न आउन अभिभावकलाई सार्वजनिक आग्रह गरेको हुन् । उनीहरुले आफूहरुले सञ्चालन गरेको अनलाइन कक्षादेखि भर्ना शुल्क पनि अभिभावकहरुले बुझाउनुपर्ने बताएका छन् र

विज्ञप्ति प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाको नाममा जारी गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’

कोरोना भाइरस (कोभिड–१९)का कारण गत चैतदेखि नै विद्यालयहरु बन्द छन् । निजी विद्यालयका संगठनहरुले कोरोना महामारीका कारण विद्यालयहरु अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै शुल्क तिर्न आउन अभिभावकहरुलाई आग्रह गरेका हुन् ।

लकडाउनले गर्दा विद्यालयको आम्दानी शून्य भएको कर्मचारी र शिक्षकलाई तलब खुवाउन नपाइएको भन्दै संगठनहरुले विद्यालयहरूले भाडा र ऋणको ब्याज तिर्न नसकेकोले शुल्क तिर्न आउन आग्रह गरेका छन् । सरकारले निजी विद्यालयहरूका लागि राहत प्याकेज नल्याएपछि विद्यार्थीसँग शुल्क उठाउनुको विकल्प नभएको उनीहरूको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement