नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने

Advertisement

काठमाडौँ । कोरोनाले महामारीको रुप लिएको र देशमा लकडाउन आदेश जारी भएका कारण स्थगित भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन साउन २५ र २६ गते हुने भएको छ ।

आइतबार बसेको पदाधिकारी बैठकले महासंघमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचनको मिति तोकेको हो । पदाधिकारी बैठकको निर्णयलाई भोलि बस्ने कार्यकारिणीको बैठकले पास गर्ने बताइएको छ ।

गत चैतमा हुने भनिएको महासंघको निर्वाचन स्थगित भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नयाँ कार्यसमितिमा स्वतः अध्यक्ष हुनेछन् ।

Advertisement

Advertisement

Advertisement