डिशहोमले अंग्रेजी सांगीतिक प्रतियोगिता ‘द स्ट्रिङ्स’ सुरु गर्यो

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा डिशहोमले डिजिटल प्लेटफर्ममार्फत ‘द स्ट्रिङ्स’ नामक एक बिल्कुलै नयाँ राष्ट्रियस्तरको अंग्रेजी सांगीतिक प्रतियोगिता सुरु गरेको छ ।

प्रतियोगिताको उद्देश्य देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै उनीहरुलाई अवसरसँगै हौसला प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । आज आइतबारबाट सुरु भएको यो प्रतियोगिता तीन राउन्डमा सञ्चालन हुनेछ । यसको अडिसन प्रतियोगिता सुरु भएको मितिदेखि एक महिनासम्म हुने जनाइएको छ । सफ्ट अंग्रेजी गीत गाउन सक्ने जोकोहीले यस प्रतियोगितामा भाग लिन सक्नेछन् ।

यसमा सहभागी हुन आफूले गायको गीतको १ देखि २ मिनेटसम्मको भिडियो डिशहोमको फेसबुक पेजमा गएर सेयर गर्नुपर्नेछ । प्रतियोगिताको मापदण्ड अनुसार ७०, ८०, ९० का दशकका सफ्ट अंग्रेजी गीतहरु मात्रै समावेश गराइनेछ ।

सहभागिताको छनौट डिजिटल्ली र जजद्वारा गरिने जनाउँदै डिशहोमले स्थापित जजहरुले प्रतिस्पर्धीको गाएकीमा टिप्पणी गर्ने जनाएको छ । वर्तमान परिस्थिति र लकडाउनलाई मध्यनजर गर्दै यस कार्यक्रमको संचालन तथा विजेताको घोषणा इन्टरनेट, फेसबुक तथा एसएमएस भोटिङमार्फत गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट हुन सफल भिडियोे डिशहोमको रियालिटी टिभीमा प्रशारण गरिने र विजेता हुने मध्येबाट प्रथमलाई एक लाख रुपियाँ र स्मार्ट टिभी, चितवनको सौराहामा रहेको होटल रेनफरेष्टमा दुई रात तीन दिनको प्याकेज, द्वितीयलाई ५० हजार रुपियाँ र सौराहाकै होटल पार्कल्याण्डमा दुई रात तीन दिनको प्याकेज र तृतीयलाई २५ हजार रुपियाँको साथै धुलिखेलको जंगल रिसोर्टमा प्याकेजको व्यवस्था गरिएको छ ।
साथमा विजेताहरुलाई १ बर्षको रिचार्ज सहितको डिशहोम कनेक्शन पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement