बाबुराम भन्छन्– मौका यही हो, निजी विद्यालय र अस्पतालहरु राष्ट्रियकरण गरौं

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले निजी विद्यालय र स्वास्थ्य संस्थाहरु राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । निजी विद्यालयहरुले आफ्ना कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउन नपाएको भन्दै अभिभावकहरुसँग लकडाउन अवधिको शुल्क मागेपछि बाबुरामले यस्तो प्रस्ताव अघि सारेका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बाबुरामले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्छ भन्दै भनेका छन्, ‘निजी शिक्षण संस्थाको अस्तित्वमाथि प्रश्नचिन्ह लागेकाले’ पढाउँदै नपढाएको वेलाको पनि शुल्क चाहियो भन्नु हास्यास्पद ! शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्र बनाएर राज्यले पहिले नै ठूलो गल्ती गरेको थियो। यसले गल्ती सच्याउने राम्रो अवसर हुनसक्छ ।शिक्षा स्वास्थ्यको राष्ट्रियकरण गरौं !’

Advertisement

निजी शिक्षण संस्थाहरुले लकडाउनको कारण बन्द रहेको अवस्थामा अर्थात पढाउँदै नपढाएको बेलाको पनि शुल्क चाहियो भन्नु हाँस्यास्पद भएको बाबुरामको टिप्पणी छ । आइतबार मात्रै निजी विद्यालयहरुको संगठनले लकडाउन अवधिको शुल्क तिर्न आउन अभिभावकहरुलाई सार्वजनिक आव्हान गरेका थिए ।

Advertisement

Advertisement