कोरोना अपडेटः विश्वमा ४ लाख ७० हजार भन्दा बढीको मृत्यु र ९० लाख ५१ हजार भन्दाबढी संक्रमित

Advertisement

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९० लाख ५१ हजार ९४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४८ लाख ४२ हजार ४३ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ३७ लाख ३९ हजार ८४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ७३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २३ लाख ५६ण् हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार २४८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १७ लाख ७९ हजार ८७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७१ हजार ५२४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ३५ हजार ५९५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५५ हजार २० जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख १० हजार ९६१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८७ हजार ६२६ को मृत्यु भएको छ । एसियामा १९ लाख ६ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४८ हजार ३६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ९ हजार ३०१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार १४८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । रासस÷एएफपी

Advertisement

Advertisement

Advertisement