लक्ष्मी हुण्डाईको विशेष प्याकेज, यस्ता छन् छुट र अन्य फाइदाहरु

Advertisement

काठमाडौँ । नेपालको लागि हुण्डाई मोर्टसको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि(लक्ष्मी हुण्डाई) ले कोविड-१९ को बद्लिँदो परिस्थितीलाई सहज बनाउन र आफ्ना ग्राहकहरुको यात्रामा निरन्तर साथ दिनको लागि एक विशेष प्याकेज ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुले विभिन्न किसिमका छुुट र अन्य फाईदाहरु प्राप्त गर्न सक्नेछन् ।

हाल कोविड-१९ ले ल्याएको चुनौतीहरुसँग सामना गरी अघी बद्न हिम्मत र हौसला प्रदान गर्नको लागि लक्ष्मी हुण्डाईले एक सानो प्रयास स्वरुप विशेष प्याकेजको सुरुवात गरेको छ । ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुण्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुण्डाईले ५०% को साथ दिनेछ ।

यस्का साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निस्शुल्क विमा, निस्शुल्क सडक कर (आव ७७/७८) का साथै स्पट एक्स्चेन्ज र सरल फाइनान्सको पनि फाईदा लिन सक्नेछन् । यस बिशम् परिस्थितीमा कोरोना भाईरस बिरुद्ध तत्पर रही लडी रहनु भएका स्वास्थ्यकर्मीहरुका लागि पनि लक्ष्मी हुण्डाईले विशेष प्याकेज उपलब्ध गराएका छन् । यससँगै चार वर्षको निस्शुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement