सवारी दुर्घटना न्युनीकरणः सडक, सवारी र नियमनमा जोड

Advertisement

काठमाडौं । सवारी दुर्घटना न्युनिकरणका उपाय खोज्न गठित समितिले सडक, सवारी साधन र नियमनमा ध्यान दिएर मात्रै त्यस्ता दुर्घटना कम गर्न सकिने निचोडसहितको प्रतिवेदन तयार पारेको छ । संसदको विकास तथा प्रविधि समितिले पुस ४ गते गठन गरेको उप समितिले सोमबार समितिलाई अध्ययन प्रतिवेदन बुझाएको हो ।

उप समितिका संयोजक गणेश पहाडीले सडकको मापदण्ड तथा गुणस्तर, सो अनुकुलका सवारी साधन र कडा नियमनले मात्रै सवारी साधन दुर्घटना कम गर्न सकिने निष्कर्ष सुनाए । उनले संसारका अधिकांश देशहरुमा सडक सुरक्षा काउन्सिल गठन गरेर दुर्घटना न्युनिकरण गरिरहेको बताए । नेपालले पनि तत्कालै शक्तिशाली सडक सुरक्षा काउन्सिल गठन गर्नुपर्नेमा उनले जोड दिए ।

भौगोलिक अवस्था अनुसार सुरक्षित सडक, सडक अनुसारका सवारी साधन र शक्तिशाली नियामक निकाय नै सडक दुर्घटना न्युनिकरणको उपयुक्त भएको संयोजक पहाडीले बताए । समिति सभापति कल्याणी खड्काले समितिमा आवश्यक छलफल गरि प्रतिवेदन पास गरेर कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने बताईन् । समितिले पुस ४ गते सवारी दुर्घटना न्युनिकरण अध्ययन उप समिति गठन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement