अजोड इन्स्योरेन्सलाई ३० करोडको आइपीओ जारी गर्ने अनुमति, नयाँ बीमा कम्पनीमा पहिलो आइपीओ

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले आइपीओ जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले अजोडलाई ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ मूल्य बराबरको आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।

एक अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३० प्रतिशतले हुने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । नयाँ बीमा कम्पनीहरुका तर्फबाट आइपीओ जारी गर्ने पहिलो कम्पनीका रुपमा अजोडले अनुमति पाएको हो । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

Advertisement

Advertisement

Advertisement