लामो समयपछि सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । केही दिनदेखि लगातार बढ्दै आएको सुनचाँदीको मूल्य आज भने घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९१ हजार रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार ५ सय ६५ र चाँदी प्रतितोला ९ सय ५० रुपियाँमा कारोबार भएको थियो ।

चैत ११ गते लकडाउन आदेशका कारण बन्द भएको सुनचाँदी व्यवसाय ७५ दिनपछि जेठ २५ गतेबाट सञ्चालन गरिएको र सोही दिन देखि नै मूल्य सूची पुनः प्रकाशन गर्न थालिएको हो ।

७५ दिनपछि जेठ २५ गते छापावाल सुन प्रतितोला ८७ हजार ४ सय रुपियाँ, तेजाबी सुनको प्रतितोला ८६ हजार ९ सय ६० रुपियाँ र चाँदीको प्रतितोला नौ सय २५ रुपियाँमा कारोबार भएको थियो । यसअघि लकडाउन सुरु हुनु अघिल्लो दिन चैत १० गते छापावाल सुनको मूल्य प्रतितोला ७७ हजार, तेजाबी सुनको प्रतितोला ७६ हजार ७ सय र चाँदी प्रतितोला ७ सय २० रुपियाँमा किनबेच भएको थियो ।

यसरी हेर्दा लकडाउन सुरु हुन अघिल्लो दिनको तुलनामा ७५ दिनपछि छापावाल सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपियाँ, छापावाल सुन १० हजार २ सय ६० रुपियाँ र चाँदी प्रतितोला २ सय ५ रुपियाँ बृद्धी भएको भएको थियो । त्यसपछि सुनचाँदीको मूल्य लगातार बुद्धी हुँदै आएकोमा आज भने घटेको हो ।

Advertisement

Advertisement

Advertisement