हेटौंडाले ल्यायो २ अर्ब ८ करोडको बजेट, कोरोनाबाट मृत्यु भएका परिवारलाई ३ लाख दिने घोषणा

Advertisement

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपियाँको बजेट ल्याएको छ ।

बजेटमा पुर्वाधार विकास तर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकास तर्फ ६ करोड ५३ लाख, सामाजिक विकास तर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापन तर्फ ४ करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन तर्फ ३ करोड ५४ लाख विनियोजन गरिएको मेयर हरिबहादुर महतले बताए ।

उपमहानगरले आन्तरिक श्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ, राजश्व बाडफाड बाट ५५ करोड ३ लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट ८ करोड ३५ लाख ९८ हजार तथा संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र असार मसान्तसम्म खर्च नभइ बचत भएको २६ करोड १३ लाख ११ हजार रुपैयाँबाट खर्च व्यहोर्ने लक्ष्य राखेको छ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)बाट मृत्यु भएको अवस्थामा उक्त मृतकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले तीनलाख राहत दिने बजेटमा व्यवस्था गरिएको उपप्रमुख मीना लामाले बताइन् । सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क सेनेटरी प्याड वितरणका लागि १ करोड ३ लाख रुपियाँ विनियोजन गरिएको छ ।

Advertisement

Advertisement

Advertisement