घर बहाल छुट दिएका घरधनीलाई बहाल कर छुट दिने काठमाडौं महानगरको निर्णय

Advertisement

काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेरामा बस्नेहरुलाई बहाल छुट दिने घरधनीहरुलाई बहाल कर छुट दिने निर्णय गरेको छ । सरकारले गत चैतमा गरेको निर्णय कार्यान्वयन गर्न आनाकानी गर्दै आएको काठमाडौं महानगरपालिकाले चौतर्फी दबाबपछि बहाल करमा छुट दिने निर्णय गरेको हो ।

कोरोनाको प्रभावले घर भाडामा बस्ने नगरवासीहरुलाई पर्न गएको असरलाई मध्यनजर गरी कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीलाई बहाल करमा छुट दिने निर्णय गर्दै काठमाडौं महानगरपालिकाले घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६।७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा करमा दश प्रतिशत छुट गर्ने जनाएको छ ।

आर्थिक वर्ष २०७६।७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमा समेत कोरोनाका कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७।७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा १० प्रतिशत छुट दिई बहाल कर मिलान गरिने छ ।

Advertisement

Advertisement

Advertisement