निजी क्षेत्रको विरोधपछि अख्तियारसम्वन्धी कानुन संशोधनबाट पछि हट्यो नेकपा

Advertisement

काठमाडौं । निजी क्षेत्रबाट विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रसमेत हेर्ने गरी कानुन संशोधन गर्ने तयारीबाट सत्तारुढ दल नेकपा पछि हटेको छ । निजी क्षेत्रलाई नियामन गर्ने थुप्रै निकाय हुँदाहुँदै अख्तियारसमेत थपेर उद्योगी व्यवसायीलाई आतंकित बनाउने र उनीहरुको सिर्जनालाई रोक्ने प्रयास भएको भन्दै विरोध भएपछि नेकपाले संशोधनबाट पछि हटेको हो ।

बुधबारदेखि सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा यस विषयमा छलफल भएको थियो । बैठकमा सहभागी नेताहरुले यस विषयमा कुरा उठाएपछि राष्ट्रिय सभामा पेश भएको विधेयक तत्काल अगाडि नबढाउन उनीहरु सहमत भएका हुन् ।

नेकपाका नेता झलनाथ खनालले अख्तियारलाई असिमित अधिकार पनि ठिक नहुने भन्दै तत्काल यससम्वन्धी विधेयक रोक्ने सहमति भएको बताएका छन् । उनका अनुसार ण्संविधानभन्दा माथि राखेर अख्तियारलाई अधिकार दिन खोज्नु गलत हो त्यसलाई अहिले रोकेर सबै पार्टीहरुसँग छलफल गर्ने र सहमति गरेपछि संविधान अनुरुप बनाउने भन्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement