नेपाल भारत सम्वन्ध रोटीबेटीको होइन् चेलिबेटी बेचबिखनको होः डा. पोखरेल

Advertisement

काठमाडौं । एकजना विश्लेषकले नेपाल र भारतबीचको सम्वन्ध रोटीबेटीको नभई चेलिबेटी बेचबिखनको भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै डा. अम्बरिश पोखरेलले हजारौं नेपाली चेलीहरुलाई मुम्बईका कोठीहरुमा बर्षौंदेखि नारकीय जीवन बिताउन बाध्य बनाउने नेपाल र भारत दुवै हुन भन्दै यस्तो स्थितिमा दुई देशको सम्वन्ध रोटीबेटीको हुननसक्ने बताए । डा. पोरखेल भन्छन्ः नेपाल र भारत बीच चेलिबेटी बेचबिखनको सम्बन्ध हो, रोटीबेटीको होइन ।

Advertisement

१. सत्तरी हजारभन्दा बढी सोझा नेपाली चेलीहरुलाई बम्बैंका कोठीहरुमा वर्षौंदेखि नारकीय जीवन बिताउन बाध्य गर्ने गराउने नेपाल सरकार र भारत सरकार दुवै हुन् ।
२. उनीहरूको बेचविखनमा नेपाल सरकारका अधिकारीहरु अघोषित रुपमा दलालहरुसँग मिल्ने गरेको कुरा वर्षौंदेखि सबै नेपालीहरुलाई थाहा नै छ । अझ आजभोलि त ठूला पार्टीका वरिष्ठ नेताहरुले बेचविखनमा संग्लग्न दलालहरुको संरक्षण गरेको भनेर बारम्बार रूपमा समाचार आइरहन्छ । केही समयअघि मात्र नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको समाचार आएको थियो ।
३. अहिलेसम्म नेपालको कुनै पनि सरकारले ती नेपाली चेलीहरुलाई त्यहाँबाट छुटाएर नेपाल ल्याउने सम्बन्धमा भारतीय सरकारसँग संवाद गरेको समेत सुनिएको छैन ।४. नेपालमा रहेका नारी मुक्ति वा नारी अधिकारका वा पितृसत्ता हाम्रो दुस्मन हो भनेर ठूलो ठूलो स्वर गर्ने ठूला पार्टीहरूका ठूली नेतिहरु समेतले आवाज विहिनहरुको आवाज भएर संसद वा बाहिर बोलेको र लेखेको सुनिएको छैन किन होला ?५. के उनीहरूलाई भारतीय सरकारले आफ्नो देशको नागरिकता दिएर ती कोठीहरुमा राखेको हो ? के नेपाल सरकारले कहिल्यै उनीहरूलाई नागरिकता देऊ भनेर भारतसँग कुरा गरेको सुन्नु भएको छ ? के उनीहरूको उद्दार गर्ने समाचार सुनिएको छ ? अहँ, अहिलेसम्म सरकारी स्तरमा सुनिएको छैन ।

लेखकले आफ्नो टिप्पणीलाई परिवर्तन गरेअनुसार समाचार पनि अपटेड गरिएको

Advertisement

Advertisement