सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ घट्यो, आज तोलाको कति ?

Advertisement

काठमाडौँ । हिजो स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो र अस्ती भने उत्तिकै मूल्य छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपियाँ र चाँदी प्रतितोला ९ सय ३५ रुपियाँ निर्धारणमा कारोबार भएको थियो ।

यसरी हेर्दा हिजोको तुलनामा सुन प्रतितोला ५ सय रुपियाँ घटेको छ भने चाँदी भने प्रतितोला ५ रुपियाँ बढेर किनबेच भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement