सामाजिक सञ्जाल र एप्लिकेशनहरु सुरक्षित रहेको पुष्टि भएपछि मात्रै प्रयोग गर्नदिन सरकारलाई निर्देशन

Advertisement

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सुरक्षा, गोपनियता र प्रयोगका हिसावले ठिक रहेको कुरा नियामक निकायले पुष्टि गरेपछि मात्रै कुनै पनि सामाजिक सञ्जाल र एप्लिकेशन डाउनलोड र प्रयोग गर्न दिन सरकारलाई निर्देशन दिएको छ ।

केही दिनअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत सहभागी ‘जुम मिटिङ’मा अश्लिल भिडियो प्रसारण भएको समाचार बाहिरिएपछि यस्ता घट्ना दोहोरिन नदिन विकास समितिले सामाजिक सञ्जाल र एप्लिकेशनहरुको सुरक्षा, गोपनियता र उपयोगितामाथि ध्यान दिनुपर्ने आवाज उठाएको हो ।

समितिको शुक्रबार बसेको बैठकपछि निर्देशन जारी गर्दैै नेपालभित्र प्रयोग हुने सामाजिक सञ्जाल र एप्स भाइरस आक्रमणबाट सुरक्षित हुनुपर्ने, सुचनाहरु चोरी हुनसक्ने जोखिम हुन नहुने भन्दै नियामक निकायबाट यस्ता कुराको पुष्टि भएपछि मात्रै यस्ता सञ्जाल र एप्लिकेशन प्रयोग गर्न दिन सञ्चार तथा सुचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले आज गरेका विभिन्न निर्णयहरु यस्ता छन्ः

Advertisement

Advertisement

Advertisement