‘आंशिक होइन, लकडाउन भरीको पुरै भाडा छुट चाहिन्छ’

Advertisement

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पुरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंले आज प्रेस विज्ञप्ति निकालेर लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको हो ।

महासंले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न पनि समस्यामा परिरहेको जनाएको छ । महासंघका अध्यक्ष नरेश कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केहि सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्न समेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।’

अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मूख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केहि दिनकोमात्रै नभई लकडाउन अवधिभर पुरैको घरभाडा मिनाहा गर्नु पर्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement