सलह नेपाल भित्रियो, अनिकाल निम्त्याउनसक्ने चिन्ता बढ्यो

Advertisement

काठमाडौं । तराईका विभिन्न जिल्लाबाट सलह (फट्याङग्रा) भित्रिएको छ । यो किरा शनिबार बिहानै नेपाल प्रवेश गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भैरहवा, पर्सा, बारा, सर्लाहीका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेको हो ।

कृषि मन्त्रालयको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले सलहको बथानलाई नेपाल भित्राएको हो । बाली नष्ट गरेर अनिकाल निम्त्याउने किराको रुपमा चिनिएको सलह अध्ययन गर्न काम भइरहेको मन्त्रालयले जनाएको छ ।

यसअघि सलह नेपाल नभित्रिने दावी गर्दै आएको कृषि मन्त्रालयले सलह भित्रिएपछि समस्या समाधानका लागि बैठकसमेत बोलाएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)अनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड फट्याङग्रा हुन्छन् । एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिनसक्छ । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

Advertisement

Advertisement

Advertisement