सुनचाँदीको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य प्रतितोला ५ रुपियाँ बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।

गत शुक्रबार भने छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९० हजार १ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४० रुपियाँमा किनबेच भएको थियो ।

Advertisement

Advertisement

Advertisement