राष्ट्रिय वाणिज्य बैंकले विभिन्न होल्डिङ्ग सेन्टरमा वितरण गर्यो खानेपानी

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहनुभएका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरिसके पछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको र उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाध्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भैरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।

सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आबश्यक पर्ने खानेपानी हस्तान्तरण गरिन् ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Advertisement

Advertisement

Advertisement