सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि हिजो कै मूल्यमा सुनचाँदी किनबेच भइरहेको छ ।

महासंघका अनुसार हिजो छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४५ रुपियाँमा किनबेच भएको थियो । आजपनि सुनचाँदीको मूल्य स्थिर रहँदै हिजैका मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

हिजो भने गत शुक्रबारको तुलनामा सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेर किनबेच भएको थियो ।

Advertisement

Advertisement

Advertisement