कामना सेवाले सुरु गर्यो अनलाईन कर्जा आवेदन सेवा

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकले कोरोना महामारीको बेला ग्राहकहरुको सेवा र सुरक्षलाई ध्यानमा राख्दै आइतबारदेखि लागू हुनेगरी बैंकको वेबसाइट मार्फत अनलाईन कर्जा योग्यता मापन/आवेदन गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

अब ग्राहक माहानुभावहरुले घरैमा बसेर कामना सेवा विकास बैंकको जुनसुकै शाखा कार्यलयमा शेयर कर्जा, प्रोफेश्नल लोन, घर कर्जा, सवारी कर्जा, व्यापारिक कर्जा लागि आवेदन दिन सक्नेछन् ।

काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा ग्राहकहरुलाई सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षे आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement