नेप्से परिसूचक १२.८७ अंकले घट्यो, ३४ करोड ७७ लाख रुपियाँको कारोबार

Advertisement

काठमाडौँ । लामो समयपछि खुलेको शेयर बजार आज ४० मिनेटमै नेगेटिभ सर्किट लागेर २० मिनेट रोकिएपनि पुनः कारोबार शुरु भई सम्हालिएर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बिहान ११ः४० बजेसम्म ४ प्रतिशतले घटेपछि २० मिनेट शेयर कारोबार रोकेको थियो । त्यसपछि खुलेको बजार गिरावटमा कमी आउँदै अन्ततः १२.८७ अंकले नेप्से परिसूचक १११८.७० अंकमा अडिएको छ । आज १.०७ प्रतिशतले परिसूचक घटेको हो । आज १३३ कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता शेयर किनबेच हुँदा ३४ करोड ७७ लाख ७१ हजार ८ सय ३३ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज ट्रेडिङ, उत्पानमूलक, अन्य र जीवन बीमा समूहमा हरियाली छायो भने भने अरु समूह राताम्मे भए । ट्रेडिङ समूह ३९.३४, उत्पादनमूलक समूह १०२.९८, अन्य २०.०६ र जीवन बीमा समूह २३७.६२ अंकले बढेका हुन् । त्यसैगरी आज बैंकिङ समूह २५.२२, होटल समूह २६.४४, विकास बैंक समूह ६३.०६, जलश्रोत समूह १३.३४, वित्त समूह ४.०९, निर्जीवन बीमा समूह १०१.४६, लघुवित्त समूह ३९.३७ र म्युचुअल फण्ड ०.०५ अंकले घटेका हुन् ।

बजार घटेको दिन आज नागरिक लगानी कोषका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले फाइदा कमाएका छन् भने स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् । आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी लिमिटेडको सबैभन्दा बढी ३ करोड ४३ लाख ६८ हजार ७ सय २२ रुपियाँको शेयर किनबेच भएको थियो ।

Advertisement

Advertisement

Advertisement