ओपोका टीडब्ल्यूएस ईयरफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

Advertisement

काठमाडौँ । ओपोले नेपालमा आफ्नो पहिलो टीडब्ल्यूएस ईयरफोन, एन्को फ्रि सार्वजनिक गरेको छ । गत बर्षको डिसेम्बर महिनामा पहिलो पटक यो उत्पादन सार्वजनिक गरिएको थियो । यस लगतै कम्पनीले लगातार हियरेबल्स मार्केटको बजार हिस्सा हात पार्ने सोचका साथ थप ईयरबड्सपनि सार्वजनिक गरिसकेको छ । यही क्रममा ओपो-ब्राण्डेड टुलि वायरलेस ईयरबड्स चाइनिज प्याटेन्ट अफिस (सीएनआईपीए)संग प्याटेन्ट गरिएको छ ।

प्याटेन्ट गरिएको ईयरबड्समा ईन(इयर डिजाइनका साथै यही महिनाको सूरुवातमा चीनमा सार्वजनिक गरिएको एन्को डब्ल्यू५१ टीडब्ल्यूएस ईयरफोन्समा झैँ स्टेमको प्रयोग गरिएको छ । यी दूई उत्पादनमा रहेका प्रमुख भिन्नताको कुरा गर्नुपर्दा प्रमाणित यस मोडलमा एन्को डब्ल्यू५१को तुलनामा छोटा स्टेमको प्रयोग गरिएको छ । ईयरबड्को पछिल्तिरको भागमा हल्का घुमाउरो डिजाइन प्रदान गरिएको छ । साथै यसमा, गोलाकारमा सुनौलो रिंग र सम्भवतः न्वाइज क्यान्सिलेसनका लागि एउटा कट(आउट डिजाइन पनि अपनाइएको छ ।

प्रमाणिकरण सुचीमा ईयरबड्स सम्बन्धि विस्तृत विवरण दिइएको छैन । तथापी, यसमा एक्टिभ न्वाइज क्यान्सिलेसन तथा डिप बास लगायत फिचर्सहरु उपलब्ध हुने अनुमान गरिएको छ । छोटो स्टेमलाई दृष्टिगत गर्दै यसमा रहेको माइक्रोफोनपनि निकै सम्बेदनशील हुने अनुमान लगाउन सकिन्छ । साथै, ब्ल्यूटूथ ५.०, आईपी वाटर रेसिस्टेन्स रेटिङ र सम्भावित तिकाउ ब्याट्री लगायत साधारण फिचर्स यसमा हुने निश्चित प्रायः छ ।

Advertisement

Advertisement

Advertisement