नेपाल जग्गा तथा आवास विकास संघले कोरोना उपचार कोषलाई दियो रु. ३१ लाख

Advertisement

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा नेपाल जग्गा तथा आवास विकास संघ(नेपाल ल्याण्ड एण्ड हाउजिङ डेभलपर्स एशोसियशन)ले ३१ लाख रुपियाँ योगदान गरेको छ ।

संघका अध्यक्ष मीनमान श्रेष्ठले अर्थमन्त्री युवराज खतिवडालाई उक्त रकम बराबरको चेक आइतबार हस्तान्तरण गरेका हुन् । उक्त रकम संघ र यसका सदस्यहरुबाट संकलन गरिएको हो ।

चेक हस्तान्तरण कार्यक्रममा संघको कार्यसमितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति थियो ।

Advertisement

Advertisement

Advertisement