असार १५ (धान दिवस)का अवसरमा देशका विभिन्न ठाउँका रोपाईंका झलकहरु

Advertisement

काठमाडौं । मानो खाएर मुरी फलाउने दिनको रुपमा परिचित असार १५ का क्रममा सोमबार देशका विभिन्न ठाउँमा विशेषरुपमा रोपाईंहरु गरियो । सरकारले आजको दिनलाई धान दिवसको रुपमा समेत मनाउने गरेकाले पार्टीका नेताहरुले समेत धान रोपेर यो दिवस मनाए ।

असार १५ का अवसरमा देशका विभिन्न ठाउँमा आधुनिकदेखि परम्परागत ढंगले भएका रोपाईंहरुको दृश्यहरु । तस्वीर स्रोतः रासस

[caption id="attachment_186735" align="alignnone" width="960"] सत्रौँ राष्ट्रिय धान दिवसका अवसरमा आठ लेनको आधुनिक मेसिनबाट धान रोप्दै कृषि औजार अनुसन्धान केन्द्र पर्साका कर्मचारी । सो मेसिनले एक घण्टामा १० कठ्ठा रोप्ने र एक लिटर मात्रै डिजल खपत हुने केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक सचिनकुमार मिश्र बताउँछन् । । तस्बिरः सफल खतिवडा/रासस[/caption]

[caption id="attachment_186736" align="alignnone" width="960"] सत्रौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार उदयपुरको त्रियुगा नगरपालिका–१३, बेहर्डवाको ९६ बिघा चाक्लाबन्दी जमिनमा धान रोप्दै रोपार । तस्बिरः हरिकुमार राई/रासस[/caption]

[caption id="attachment_186737" align="alignnone" width="960"] ललितपुरमा मेशिनको सहायताले धान रोपिँदै । तस्वीरः रासस[/caption]

[caption id="attachment_186738" align="alignnone" width="960"] ललितपुरस्थित नेपाल कृषि अनुसन्धान परिषद बाली विज्ञान महाशाखा खुमलटार फार्म परिसरमा सोमबार १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव, २०७७ को दिन धान रोप्न व्यस्त रोपाहा । धान रोप्नेलाई प्रतिदिन रु. ५१७ रुपिया ज्याला प्रदान गर्ने गरिएको छ । तस्वीरः रत्न श्रेष्ठ, रासस[/caption]

[caption id="attachment_186739" align="alignnone" width="960"] ललितपुरमा धानको बीउ ओसार्दै किसान । रासस[/caption]

[caption id="attachment_186741" align="alignnone" width="960"] कोदालीबाट खेत सम्याउँदै किसान । रासस[/caption]

[caption id="attachment_186742" align="alignnone" width="960"] काठमाडौंमा धानको बीउ काढदै कृषक । रासस[/caption]

[caption id="attachment_186743" align="alignnone" width="960"] ललितपुरमा रोपाइँका लागि ट्र्याक्टरको सहायताले माटो सम्याउँदै । रासस[/caption]

[caption id="attachment_186744" align="alignnone" width="960"] सत्रौँ राष्ट्रिय धान दिवसका दिन सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीय किसान रोपाइँमा व्यस्त । स्थानीय जनप्रतिनिधिहरु पनि उनीहरुलाई साथ दिन पुगेका थिए । तस्वीर सौजन्यः विपी गौतम/रासस[/caption]

[caption id="attachment_186745" align="alignnone" width="960"] कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का महिला धान रोप्न बीउ काढदै । समयमै बर्षा हुँदा धान रोपाइँ कार्य कञ्चनपुरमा ५३ प्रतिशतभन्दा बढी सकिएको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस[/caption]

Advertisement

Advertisement

Advertisement