राष्ट्रिय वाणिज्य बैंकले केयर रेटिङ्समा प्राप्त गर्यो ए प्लस

,   १५ असार २०७७, सोमबार, ०५:५० pm   

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले केयर रेटिङ्गस नेपालद्धारा गरिएको रेटिङ्गसमा ए प्लस रेटिङ्गस प्राप्त गरेको छ ।

केयर रेटिङ्गसमा ए प्लस रेटिङ्गसले बैंकको कर्जा जोखिम न्यून रहनुका साथै वित्तीय अवस्था मजबुत रहेको बुझिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गत आव २०७५/७६ मा सबैभन्दा बढी पाँच अर्ब चार करोड रुपियाँ नाफा कमाउन सफल भएको र आव २०७४/\०७५ मा बैंक वित्तीय संस्था तथा विप्रेषण कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकको रुपमा रहेको छ ।

aecc

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।