एमसीसीको नेपाल कार्यालय ‘एमसीए नेपाल’ भन्छ– म्याद थप्ने तयारी हुँदैछ

Advertisement

काठमाडौं । अमेरिकी नियोग एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)को नेपालस्थित कार्यालय ‘एमसीए–नेपालले एमसीसी कम्प्याक्टको कार्यान्वयन थालनी (डेट अफ इन्ट्री इन्टु फोर्स)को मिति थप गर्न पहल भइरहेको बताएका छ ।

उक्त कम्प्याक्ट कार्यान्वयनको मिति असार १६ गतेलाई तोकिए पनि संसदबाट एसीसी सम्झौता कार्यान्वयन गर्ने कुरा अन्योलमा परेपछि मिति पुनःविचार भइरहेको एमसीए नेपालले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

विश्वव्यापी कोभिड–१९ महामारी र संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाईका कारण कार्यप्रगतिमा अवरोध सिर्जना भएको भन्दै सो संस्थाले कम्याक्ट कार्यान्वयनको मिति पुनःविचार गर्नुपर्ने आवश्यकता देखिएको बताएको छ । एमसीसी अनुमोदनका विषयमा सत्तारुढ दलभित्र चर्को विवादसँगै आम जनमत नै विभाजित अवस्थामा पुगेको बेला सभामुख अग्नी सापकोटाले यसको कार्यान्वयन मिति छल्नेगरी संसद बैठक असार १७ गतेलाई बोलाएका थिए ।

एमसीए–नेपाल भन्छ, ‘कम्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्विन्धित् सबै पक्षसँग हामी क्रियाशील छौं ।’

Advertisement

Advertisement

Advertisement