सरकारले लकडाउन फेरि थप्यो, साउन ७ गतेसम्म लम्ब्याउने निर्णय

Advertisement

काठमाडौं । सरकारले लकडाउनको अवधि फेरि थपेको छ । कोरोना (कोभिड १९) महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउन आउँदो साउन ७ गतेसम्म लम्ब्याइएको छ । यद्यपि चौतर्फी विरोधपछि सरकारले लकडाउन केही खुकुलो भने बनाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याउनेसहित विभिन्न निर्णयहरु गरेको हो ।

लकडाउन कडाई गर्दा आर्थिक क्षेत्र चौपटक हुनुका साथै जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको र सरकारको राजश्व पनि संकलन नभई कर्मचारीलाई तलव खुवाउन कठिनाई भएपछि असार १ देखि केही खुकुलो बनाइएको थियो । लकडाउन लम्ब्याइएको अवधिसम्म अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरिएको छ।

त्यस्तै सरकारले काठमाडौं उपत्यका भित्रिन सिफारिस अनिवार्य गर्ने निर्णय पनि गरेको छ । अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरिएको छ ।

Advertisement

Advertisement

Advertisement