‘सलहको खेती गरेर पैसा कमाउने हो ? ‘आइडिया’ मसँग छः डा. पोखरेल

Advertisement

काठमाडौं । एकजना विज्ञले सलह (फट्याङ्ग्रा)को खेती गर्न प्रस्ताव गरेका छन् । उनले युवाहरुले आँट गरे नेपालमा सलहको खेती गर्न सकिन्छ भन्दै खेती सुरु गर्ने उपयुक्त समय यही भएको बताएका छन् ।

मौसमविद् डा. अम्बरिश पोखरेलले सलहको खेती गर्न सकिए बेरोजगारी कम गर्न सकिने र यसबाट राम्रो आम्दानी गर्न सकिने भन्दै यसको बजार संभावना पनि राम्रो रहेको जिकिर गरेका छन् । यस्तो छ उनको तर्कः

सलह को खेती सुरु गरौं ।

१. युवाहरुले आँट गरे भने नेपालमा सलहको व्यावसायिक खेती सुरु गर्न सकिन्छ । मौका यही हो ।

२. त्यसको लागि ग्रीन हाउस भित्र उपयुक्त तापक्रम कन्ट्रोल गर्नु पर्छ । त्यो मात्र होइन ग्रीन हाउस भित्र हुने आद्रता (humidity) तथा हावाको जम्मा भार (air mass weight)  लाई हिसाब गरेर राख्नु पर्छ । अरु कुराहरू तपशील हुन । ड्राई बल्ब र वेट बल्ब तापक्रमको गणितीय हिसाबबाट स्वतः त्यो कुराहरू कन्ट्रोल गर्न सकिन्छ ।

३. त्यो सँगै जोडिएर आउने कडा आचार संहिता वा नियम निर्माण गर्नु पर्छ, तत्काल सम्बन्धित सरकारी अधिकारीहरुले । आइडिया नभए संपर्क गर्नु कामरेड हरुले ।

४. होटल तथा रष्टुरेन्ट हरुमा राम्रो व्यवसाय हुन्छ । विदेशी प्राउनहरू भन्दा स्वदेशी सलाह राम्रो हुन्छ । रोजगार पनि बढ्छ स्वतः।

Advertisement

Advertisement

Advertisement