शेयर बजारमा ६ प्रतिशतको ‘पोजेटिभ सर्किट’, कारोबार बन्द

Advertisement

काठमाडौं । शेयर बजारमा ६ प्रतिशतको पोजेटिभ सर्किट ब्रेक लागेसँगै आजको लागि बजार बन्द भएको छ । आज कारोबार खुलेदेखि नै बजारमा बृद्धी भएको थियो ।

पहिलो १ घन्टा नपुग्दै ४ प्रतिशतको सर्किट लागेर २० मिनेट, दोस्रो पटक ५ प्रतिशतको सर्किट लागेर ४० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले सर्किट ब्रेक लागेसँगै आजको लागि बन्द भएको छ । नेप्सेका अनुसार ७२.०५ अंकले बढेर परिसूचक १२६०.७५ बिन्दुमा रोकिएको छ । लामो समयपछि खुलेको शेयर बजार हिजो भने घटेको थियो ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूह मध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ । होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ । यस्तै बैंकिङ ७३.७२, व्यापार ६५.७३, विकास बैंक ६५.६६, जलविद्युत् ३९.७७, वित्त ४.९७, निर्जीवन बीमा २९६.१५, उत्पादन १२२.१७, अन्य २३.९७, लघुवित्त ७७.७ र जीवन बीमा ६३४.९८ बिन्दुले बढेको छ । कारोवारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ६४ लाख ३८ हजार ६० बराबरको कारोबार भयो ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५२ लाख २३ हजार ७९०, साना किसान विकास बैंक रु एक करोड ६७ लाख ७१ हजार ६९८, शिवम सिमेन्ट रु एक करोड २६ लाख ३० हजार ८०७, नेपाल पुर्नबीमा कम्पनी रु ७० लाख १६ हजार ५९०, एनएमबी बैंक रु ६३ लाख ४३ हजार ६९७ र नबिल बैंक रु ६२ लाख दुइृ हजार ५८८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । साल्ट टे«डिङ कर्पोरेशन ९.९८, विजय लघुवित्त वित्तीय संस्था ९.९८, हिमालयन डिस्टिलरी ९.९६ र साना किसान विकास बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए ।

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनी ९.९४, ओरियन्टल होटल ९.७३, सानिमा इक्विटी फण्ड ३.८९, वेस्ट फाइनान्स कम्पनी २.२७, एनआइबिएल समृद्धि फण्ड एक १.९९ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयधरनीले १.९७ प्रतिशतले कमाएका छन् । बजारमा देखिएको उच्च वृद्धिले कोरोना पछि थला परेको अर्थतन्त्रलाई क्रमशः माथि लैजान बल पुग्ने टिप्पणी बजारमा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement