आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो, यस्तो छ नयाँ मूल्य सूची

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य बृद्धी गरेको छ ।

आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बृद्धी गरिएको हो ।

नियमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपियाँ र डिजल/मट्टितेलमा प्रतिलिटर २ रुपियाँ बृद्धी भएको हो । काठमाडौँका लागि अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०१ रुपियाँ र डिजल/मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपियाँ कायम गरिएको नियमद्वारा आज साँझ प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।


एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको  छ ।







Advertisement

Advertisement

Advertisement