सुनको मूल्य प्रतितोला ५ सय रुपियाँ बढ्यो, तोलाको कति पुग्यो ?

Advertisement

काठमाडौँ । सुनचाँदीको मूल्य आज बढेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय ६५ र चाँदीको मूल्य प्रतितोला ९ सय ६० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो भने अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ सय रुपियाँ घटेको थियो भने भने चाँदीको मूल्य भने स्थिर रहेको थियो । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय ७५ र चाँदी प्रतितोला ९ सय ४५ रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement