अजोड इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि, १० देखि १० हजार कित्तासम्म आवेदन दिन सकिने

Advertisement

काठमाडौँ । अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३० करोड रुपियाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्ने लागेको हो ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार सर्वसाधारणका लागि छुट्याईएको कूल ३० कित्ता आईपीओमध्य कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो ।

छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सकिने छ । कम्पनीले आईपीओ बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको हो ।

अजोड इन्स्योरेन्सलाई ३० करोडको आइपीओ जारी गर्ने अनुमति, नयाँ बीमा कम्पनीमा पहिलो आइपीओ

Advertisement

Advertisement

Advertisement