गरिमा विकास बैंकले ‘हायर पर्चेज’ कर्जा लिएका सेवाग्राहीलाई असार महिनाको पूरै ब्याज छुट दिने

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले हायर पर्चेज शीर्षकका कर्जा उपभोग गर्ने सेवाग्राही(ऋणी) लाई असार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने दिने भएको छ ।

नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असार महिनाको ब्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरेको बैंकका सीईओ गोबिन्दप्रसाद ढकालले जनाएका छन् ।

हायर पर्चेज शीर्षकमा कर्जा लिएका सम्पुर्ण सेवाग्राहीहरुले असार मसान्त भित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्ने छन् ।

कोभिड-१९ को महामारी तथा देशब्यापी लकडाउनका कारण अत्याधिक प्रभावित सर्वसाधारण यात्रु तथा पर्यटक वाहक सवारी साधन खरिदका लागि ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गर्ने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले सम्बन्धित सेवाग्राहीहरुलाई थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement